Previous slide
Next slide

लिच्छवि हाउसले आधुनिकतातर्फ उन्मुख नेपालीहरुलाई आफ्नो देशको असाधारण प्राचीन सम्पदाको सम्मान गर्ने मौलिक संस्कार कायम राख्दै यसमार्फत् विश्वलाई नै उच्च योगदान पुर्‍याउनमा उत्सवमय अवसर सुनिश्चित गर्नेछ ।

साकार परिकल्पना

युनेस्कोको विश्व सम्पदामा सूचीकृत काठमाडौंको महान बौद्धनाथ स्तूपसँगै रहेको लिच्छवी हाउस एक जीवन्त सांस्कृतिक केन्द्र हो जसका भित्री वास्तुहरूले नेपाली जीवनशैलीलाई प्रतिबिम्बित गर्दछन् । यसको भव्य भवनले परम्परागत नेपाली ढाँचाको लालित्यलाई सम्मान गर्दै ताजा समसामयिक अनुभूति सहितको खुला र सौहार्द्रपूर्ण वातावरण सिर्जना गर्दछ । नेपाली कला, प्राचीन ज्ञान र सांस्कृतिक सम्पदाको रक्षा र सुमधुर आतिथ्यको सोचलाई उदारतापूर्वक आत्मसात गर्ने परिकल्पनाले लिच्छवि हाउसको अवधारणा जन्माएको हो । यही फराकिलो सोचले नै यसलाई सामाजिक र सांस्कृतिक गतिविधिका साथै व्यवसाय, आध्यात्मिक उन्नति र कलाको साझा क्षेत्रीय थलोका रूपमा उभ्याएको छ । यस अर्थमा नेपाली सम्पदाको वास्तविक आनन्द लिन र हार्दिकतापूर्ण अनुभूति गर्न चाहने स्थानीय बासिन्दा र विशिष्ट पाहुनाहरूप्रति समर्पित लिच्छवि हाउस मनमोहक सेवाहरूको एकीकृत र साझा चौतारी हो ।

गतिविधिहरू

बौद्धनाथ स्तुपले शताब्दीयौंदेखि नेपालको ऐतिहासिक र सामाजिक परिवर्तनहरूलाई प्रतिबिम्बित गर्दै आएको छ । यसका अतिरिक्त अहिले लिच्छवि हाउसले नेपाली समुदायको सांस्कृतिक जीवनको समृद्धिका लागि सहकार्यको सारथिका रूपमा नयाँ भूमिका निभाइरहेको छ । यसका बाह्य कार्यक्षेत्रकेन्द्रित कार्यक्रमहरू पनि छन् जसमा विशेषगरी सामाजिक परिवेश र समय सान्दर्भिक क्षेत्रहरूमा पाठ्यक्रम निर्माण, कार्यशाला र सांस्कृतिक कार्यक्रमहरू पर्दछन् । वातावरणीय मुद्दाहरूमाथिका वहस, कला प्रस्तुति, नैतिक तथा आध्यात्मिक उन्नतिका क्रियाकलाप, अन्तर-सांस्कृतिक सञ्चार इत्यादि पनि वाह्य कार्यक्रममा समेटिएका छन् ।

लिच्छवि हाउस भृकुटी देवी ट्रस्टले सञ्चालन गरेको परियोजना हो । सन् २०२० मा स्थापित भृकुटी देवी ट्रस्ट हिमाली भूखण्डको प्राचीन ,आध्यात्मिक र सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्न स्थापना गरिएको एक गैर-लाभकारी संस्था हो । यसले सामाजिक र मानवीय आवश्यकताहरूलाई सम्बोधन गर्दै लोक कल्याणका कामहरू गर्दछ ।

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.